काँग्रेस जनकपुर उपमहानगर समितिका सभापति मनोज साहले पार्टी छाडे (सूचीसहित)
शुक्रबार, ०९ वैशाख २०७९, १५ : २६
सत्ता गठबन्धनले गरेको भागबण्डामा मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस जनकपुर उपमहानगरपालिका सभापति मनोजकुमार साहले पार्टी छाडेका छन् ।
शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले काँग्रेस छाडेका हुन् । साहले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दिने जनाएका छन् । ‘नेपाली काँग्रेसले जनकपुरको सन्दर्भमा गरेको गलत निर्णय सच्याउन यसअघि २४ घन्टे अल्टिमेटम दिएका थियौं, नभए कठोर कदम चाल्न बाध्य हुनेसमेत भनेका थियौं,’ साहले भने, ‘तर पार्टीले त्यो कुराको सुनुवाइ नगरेपछि नेपाली काँग्रेस परित्याग गरेको हो ।’ उनीसँगै सबै नगर वडा सभापतिहरूले पनि कांग्रेस छाडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
अमेरिकामा विदेशीसँगै नेपालीले समेत मनाए हालोविन पर्व
-
अमेरिकामा बसोबास गर्ने नेपालीले यसरी गरे लक्ष्मी पूजा (तस्बिरहरू)
-
जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन
-
लुम्बिनीमा १२ करोडभन्दा बढी मूल्यको सयपत्री फूल उत्पादन
-
अम्बा बिक्री गरेर नुन तेलको जोहो