एमाले घोषणापत्रमा धरहरादेखि रेलसम्म, जनप्रतिनिधिले गर्ने सात संकल्प
नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ सार्वजनिक गरेको छ । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा आफ्नो नेतृत्वको सरकारले गरेका कामहरु समावेश छन् । साथै घोषणापत्रको कभर पेजमै एमालेले धरहरा र पानीजहाजको तस्वीर राखेको छ । त्यस्तै एमालेले आफ्नो घोषणापत्र सात संकल्प गरेको छ । जसमा आफ्ना जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुनेदेखि सामाजिक जागरण र विकासका अभियन्ता हुने उल्लेख छ ।
त्यस्तै एमालेले आफ्नो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्ने, सदाचारमा दृष्टान्त स्थापित गर्ने, कुनै भ्रष्टाचार नगर्ने र भए कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने उल्लेख छ । ‘हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कार्वाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्ने छन्’, एमालेको घोषणापत्रमार्फत गरेको संकल्पमा उल्लेख छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण