शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

एमालेको ४८ पृष्ठ लामो घोषणापत्रमा के छ ? (पूर्णपाठसहित)

शुक्रबार, ०९ वैशाख २०७९, २३ : ०५
शुक्रबार, ०९ वैशाख २०७९

नेकपा (एमाले) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।   नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा हाम्रो पार्टी कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए । 
घोषणापत्रमा पार्टीले विगतमा गरेका जनपक्षीय काम कारबाहीका साथै आगामी दिनका योजना सविस्तार व्याख्या गरिएको छ । यस्तै एमालेले घोषणापत्रमा धरहराको निर्माणदेखि रेल र पानीजहाजसम्मको तस्बिर प्रस्तुत गरेर आफू सरकारमा हुँदा गरेको जस लिन खोजेको छ ।  

एमालेले सार्वजनिक गरेको घोषणापत्रमा आगामी निर्वाचनका लागि विशेषगरी १७ वटा प्रतिवद्धता अघि सारेको छ । जसमा गुणस्तरीय शिक्षासँगै निरोगी नेपाल, स्वास्थ नेपाली स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो आनीबानी, आधुनिक उर्जा : उज्यालो पालिका रहेका छन् ।

त्यसैगरी उन्नत कृषि : किसानको समृद्धि, सहज आवागमनको आधार : दिगो यातायात पूर्वाधार, एकीकृत वस्ती, योजनावद्ध सहरी विकास : विकसित पालिका, सुरक्षित आवास, औद्योगीकरण र आर्थिक वृद्धि : स्वदेशमै रोजगारी सम्मान र समृद्धि, उद्यामशीलता र रोजगारी : समृद्धिका लागि सहकारी, मौलिक कला र संस्कृति : पर्यटनबाट समृद्धि, सबल राष्ट्रका लागि स्वस्थ र सिर्जनात्मक युवा रहेका छन् । 

त्यस्तै समानताको महिला यात्रा : समाजवाद–उन्मुख राज्यको विशेषता, खुशी जेष्ठ नागरिक, सुखी बालबालिका : अपाङ्गमैत्री सबै पालिका, जलवायु अनुकूलन र विपद् व्यवस्थापन : विकास र वातावरणबीच सन्तुलन, समुन्नत लोकतन्त्रको आधार : मेलमिलाप, न्याय र मानवअधिकार, संरचनागत तथा कानुनी सुधार र प्रभावकारी समन्वय, संस्थागत सुदृढीकरण : योजनावद्ध विकासलाई आफ्नो घोषणापत्रमा प्रतिवद्धता जनाएको छ ।

आजै एमालेका सबै पालिका तहका  पार्टी कमिटीले पनि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रम छ । 

घोषणापत्रको पूर्णपाठ हेर्नुहोस्ः

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप