धनगढी उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने हमालको घोषणा, नमुना सहर बनाउने प्रतिवद्धता
धनगढी उपमहानगरपालिकाको प्रमुखमा गोपाल हमालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले धनगढीलाई मुलुककै विकसित, सुन्दर र नमुना सहर बनाउने प्रतिवद्धतासमेत जनाए ।
उनले उपमहानगरको विकासका लागि आफूले गुरुयोजना समेत तयार पारिसकेको बताए । उनले पत्रकार सम्मेलनमा आफ्नो घोषणा पत्र पनि सार्वजनिक गरे ।
धनगढी उपमहानगरपालिकाका सबै वडा कार्यालयलाई भ्रष्टाचार मुक्त बनाइने, हालसम्म भएका बेरुजु रकम असुल उपर गरी बेरुजुलाई शून्यमा झारिने, विकास निर्माणका कार्य सञ्चालन गर्दा उपभोक्ता समिति गठनमा वास्तविक उपभोक्तालाई प्रोत्साहित र सहभागी गराइने उनको घोषणा पत्रमा उल्लेख छ ।
यस्तै, विकास बजेट खर्च हुन नसक्ने परिपाटी अन्त्य गरी हरेक आर्थिक वर्षमा विकास बजेट पूर्ण रुपले खर्च हुने व्यवस्था गरिने, कार्यालय प्रशासन सुधार गरी जनतालाई चुस्तदुरुस्त सेवा सुविधा प्रदान गर्न कर्मचारीलाई तालिम, दण्ड र पुरस्कारको समेत व्यवस्था गरिने उनको घोषणा पत्रमा उल्लेख छ ।
उपलब्धिबिहीन खर्चहरूलाई व्यवस्थित गरी प्रत्यक्ष रुपमा उपयोगी, उत्पादनशील हुनेगरी व्यवस्थापन गरिने, वडाहरूमा प्रदान गरिने सेवालाई डिजिटलाइजेसन गर्नुका साथै अव्यवस्थित बसोबास तथा ऐलानी जग्गाको तथ्यांकलाई पनि डिजिटलाइजेसन गरी छिटोभन्दा छिटो लालपुर्जा वितरण गर्न विशेष महत्वका साथ समन्वय गरिने पनि उनले घोषणापत्रमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान