बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ क्यापिटलको नयाँ योजना

शुक्रबार, ०९ वैशाख २०७९, १४ : ५०
शुक्रबार, ०९ वैशाख २०७९

नयाँ वर्ष २०७९ को उपलक्ष्यमा मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलले “आजीवन डिम्याट तथा मेरो शेयर खाता” योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्र्तगत रु.१,९९९ मा नयाँ डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिनेछ । उक्त डिम्याट तथा मेरो शेयर खाता आजीवन नवीकरण गर्न सकिने ब्यवस्था गरिएको कम्पनीको भनाइ छ ।

साथै मुक्तिनाथ क्यापिटलमा पहिला नै डिम्याट खाता खोलिसकेको हितग्राहीहरुले समेत हाल सम्म भुक्तानी गर्न बाँकी रहेको बक्यौता भुक्तानी गरी यस योजनाका सेवाहरु प्राप्त गर्न सक्नेछन् ।  यस योजना अन्तर्गत ग्राहकको डिम्याट तथा मेरो शेयर खाताको नवीकरण मुक्तिनाथ क्यापिटलले नै गरिदिने हुनाले हरेक बर्ष नवीकरण गर्नुपर्ने झन्झटबाट ग्राहक वर्ग मुक्त हुन सकिने कम्पनीले जनाएको छ । 
यो योजना २०७९ असार अन्तिम सम्म रहने कम्पनीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप