जनकपुरधाम उपमहानगरको मेयरमा लोसपाबाट चार जनाको नाम सिफारिस
शुक्रबार, ०९ वैशाख २०७९, १४ : ४६
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको धनुषा जिल्ला कार्यसमितिले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि चार जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । सिफारिस हुनेमा प्रमेश्वर साह, मनोज चौधरी, अमर पंजियार र संजय कुमार चौधरी रहेको धनुषा जिल्ला अध्यक्ष प्रमेश्वर साहले बताए । मेयरका लागि दाबी गर्ने प्रमेश्वर साह मधेस प्रदेश प्रदेशसभाका सदस्य पनि हुन् ।
यस्तै, मनोज चौधरी २०७० को संविधानसभा चुनावमा उम्मेदवार थिए । अमर पंजियार र संजय कुमार चौधरी यसअघि कुनै पदमा उम्मेदवार बनेका थिएनन् । चार जनामध्ये एक जनाको नाम आज टुङ्गो लगाउने गरी लोसपाको केन्द्रीय कार्यालय बबरमहलमा छलफल चलिरहेको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने