आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

शुक्रबार, ०९ वैशाख २०७९, २३ : ००
शुक्रबार, ०९ वैशाख २०७९

चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले शुक्रबार पदबाट राजीनामा दिएकी छिन् । फेरि मेयर पदमा उठ्ने भएपछि उनले पदबाट राजीनामा दिएकी हुन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले भरतपुरको मेयर पद पाएको छ भने त्यसमा माओवादीले रेनु दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । 

दाहालले शुक्रबार दिउँसो उपमेयर समक्ष राजीनामा बुझाएकव माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र (आरसी) अधिकारीले बताए। ‘भरतपुरकी मेयरज्यूले आज उपमेयरलाई राजीनामा दिनुभएको छ,’ अधिकारीले भने । 

माओवादीबाट मेयरमा दाहाल निर्वाचित हुँदा ४३ हजार १२७ मत ल्याएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । 

उपमेयरमा कांग्रेसबाट पार्वती शाहले ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी दिब्य शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन्। भरतपुरमा महिला ७९ हजार ९२ र पुरुष ७१ हजार १८१ गरेर कुल मतदाता १ लाख ५० हजार २७४ छन्।  भरतपुरको मेयरको मत हेर्दा कांग्रेस र माओवादी दुबैको जोड्दा पनि एमालेका ज्ञवालीको मत २०३ मात्र कम थियो। कांग्रेससहितका पाँच दलीय चुनावी तालमेल गरेपनि एमालेसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप