एमालेको चुनावी घोषणापत्र सार्वजनिक
नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगत सरकारमा गरेका काम र आगामी गर्ने कामका विषयवस्तु समेटिएका छन् । कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रको सारांश पढेर सुनाएका छन् ।
त्यस्तै घोषणापत्रमा कृषि, स्वास्थ्य, गुणस्तरीय शिक्षा, खानेपानी, आधुनिक उर्जा, औद्योगीकरण, आर्थिक बृद्धि, रोजगारी, जेष्ठ नागरिक, बालबालिका, विकास र वातावरणको सन्तुलन, मेलमिलाप लगायतलाई जोड दिएको वरिष्ठ नेता पोखरेलले जानकारी दिए । त्यस्तै उनले एमालेको नेतृत्व रहेका पालिकाहरु सुशासनका नमुना बन्ने भन्दै भ्रष्टाचारीलाई कानुनी कारवाहीको दायरामा ल्याउन अग्रणी भूमिका खेल्ने बताए ।
मुलुकको अग्रगतिमा बाधक बनेको वर्तमान सत्ता गठबन्धन यसको बहिर्गमन अनिवार्य भएको एमालेको घोषणापत्रको निष्कर्षमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण