बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

शुक्रबार, ०९ वैशाख २०७९, १४ : ३८
शुक्रबार, ०९ वैशाख २०७९

नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । 

एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो ।  एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगत सरकारमा गरेका काम र आगामी गर्ने कामका विषयवस्तु समेटिएका छन् । कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रको सारांश पढेर सुनाएका छन् ।

त्यस्तै घोषणापत्रमा कृषि, स्वास्थ्य, गुणस्तरीय शिक्षा, खानेपानी, आधुनिक उर्जा, औद्योगीकरण, आर्थिक बृद्धि, रोजगारी, जेष्ठ नागरिक, बालबालिका, विकास र वातावरणको सन्तुलन, मेलमिलाप लगायतलाई जोड दिएको वरिष्ठ नेता पोखरेलले जानकारी दिए । त्यस्तै उनले एमालेको नेतृत्व रहेका पालिकाहरु सुशासनका नमुना बन्ने भन्दै भ्रष्टाचारीलाई कानुनी कारवाहीको दायरामा ल्याउन अग्रणी भूमिका खेल्ने बताए । 

मुलुकको अग्रगतिमा बाधक बनेको वर्तमान सत्ता गठबन्धन यसको बहिर्गमन अनिवार्य भएको एमालेको घोषणापत्रको निष्कर्षमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप