आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एमालेमा गएकी प्रेमा पुनः जसपामा फर्किन्

शुक्रबार, ०९ वैशाख २०७९, १४ : २०
शुक्रबार, ०९ वैशाख २०७९

जनता समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकी पर्साकी प्रेमा खत्री पुनः जसपामा फर्केकी छिन् । एक हप्ता अगाडि उनी एमालेमा प्रवेश गरेकी थिइन् । शुक्रबार उनी मधेश प्रदेशका मुख्यमन्त्री एवं जसपाका कार्यकारिणी सदस्य लालबाबु राउतको रोहवरमा जसपामा फर्केकी हुन् ।  उनले  जसपाबाट वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २ को अध्यक्षमा चुनाव जितेकी थिइन् ।

 खत्री भन्छिन्, ‘एमाले कार्यकर्ताबाट धेरै दवाव आयो, विभिन्न प्रलोभनमा पार्यो, एमालेका नेता तथा कार्यकर्ताले यस्तो अवस्था सृजना गरे कि बाध्य भएर जानु पर्यो तर पछि गलत गरेकी जस्तो लागेर फर्केको छु ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप