शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङमा जिप दुर्घटना हुँदा तीनजना घाइते

शुक्रबार, ०९ वैशाख २०७९, १४ : १९
शुक्रबार, ०९ वैशाख २०७९

मनाङको ताल डाँडामा जिप दुर्घटना हुँदा चालकसहित तीनजना घाइते भएका छन् ।

मनाङ सदरमुकाम चामेबाट लमजुङ सदरमुकाम बेसीसहर तर्फ आउँदै गरेको ग ३ च ३४७० नम्बरको जिप बिहान साढे ९ बजे ताल प्रहरी चेक पोष्ट नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परि जिप चालक, जिपमा सवार एक महिला र उनको दुई वर्षीय छोरा घाइते भएको प्रहरीले जनाएको छ । 

जिप ब्रेक फेल भएर दुर्घटना भएको मनाङका डिएसपी प्रेम सागर केसीले बताए ।  प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप