वीरगञ्ज महानगर प्रमुख सरावगीले दिए राजीनामा
वीरगञ्ज महानगर प्रमुख विजय सरावगीले राजीनामा दिएका छन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा मेयर पदका लागि उम्मेदवार बन्ने तरखरमा रहेका सरावगीले राजीनामा दिएका हुन् ।
सरावगीले उपप्रमुख शान्ति कार्कीलाई राजीनामापत्र बुझाएका हुन् । सरावगीले बिहीबार दिउँसो राजीनामा बुझाएको उपप्रमुख शान्ति कार्कीले जनाइन् । ‘शनिबार १० बजेदेखि लागु हुनेगरी बिहीबार दिउँसो उहाँले राजीनामा बुझाइसक्नु भएको छ,’ उनले भनिन् ।
स्थानीय तह निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार (वैशाख ११ र १२ गते) उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ । आसन्न निर्वाचनमा उम्मेदवार हुन चाहने स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवार दर्ता अघि राजीनामा दिनुपर्ने व्यवस्था छ ।
‘मैले उपप्रमुखमार्फत राजीनामा दिइसकेको छु,’ महानगर प्रमुख सरावगीले भने, ‘मैले आफ्नो सवारी साधनसहित सम्पूर्ण हिसाबकिताब बुझाएर क्लियर भइसकेँ ।’ हाल नेकपा एमालेमा प्रवेश गरेका सरावगी २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट महानगर प्रमुखमा विजयी भएका थिए । उनले १९ हजार ३५३ मत ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो