जसपा नेता राजकिशोर यादव भन्छन्– ‘पार्टीका असन्तुष्ट साथीहरुको व्यवस्थापन गर्छौ’
जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले सत्ता गठबन्धनको भागबण्डामा असन्तुष्ट भएपनि व्यवस्थापन गरिने बताएका छन् । चुनावी तालमेलमा जसपाभित्र विराटनगर महानगरपालिका र नेपालगञ्ज उपमहानगर पालिकामा भइरहेको असन्तुष्टि समयमै व्यवस्थापन गरिने यादवले दाबी गरे ।
‘पार्टीका साथीहरुले लामो समयदेखि मेहनत गरेर संगठन बनाएका हुन्छन् । उम्मेदवार हुने नेताहरु धेरै हुन्छन् । साथीहरुको रिपोर्ट संगठनको जनाधार राम्रो छ मजबुद छ । छोड्नु हुँदैन भन्ने भन्ने थियो’ रातोपाटीसँग कुरा गर्दै यादवले भने, ‘गठबन्धनमा भएपछि कहीँ छोड्नुपर्ने बाध्यता भयो । त्यसैले चाहँदा चाहँदै पनि नेपालगञ्ज र विराटनगर छोड्नुपर्यो । गठबन्धन जोगाउनुपर्ने भएरै जसपाको प्रदेश एक र लुम्बिनीमा प्रमुख पद खाली भयो ।’
नेपालगञ्ज र विराटनगरका साथीहरुलाई कतै व्यवस्थापन गरेर भएपनि गठबन्धन जोगाउनुपर्ने यादवले बताए । महानगरमा जसपाले वीरगञ्ज प्रमुख र विराटनगर उपप्रमुख लिएको छ । उपमहानगरमा जनकपुर प्रमुख र नेपालगञ्ज र कलैया उपप्रमुख मात्रै लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु