शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

जसपाद्वारा विराटनगर महानगरपालिकाका लागि ८ जना मेयर-उपमेयरको नाम सिफारिस

शुक्रबार, ०९ वैशाख २०७९, १३ : ५१
शुक्रबार, ०९ वैशाख २०७९

विराटनगर महानगरपालिका जनता समाजवादी पार्टी नेपालले मेयर तथा उपमेयरको नाम केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ ।  जसपा विराटनगर महानगर समितिका अध्यक्ष अमरेन्द्र यादवले केन्द्रीय अध्यक्षलाई सम्बोधन गरी आज आठजनाको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेमा भुपराज राई, डा.रामविलास यादव, अमरेन्द्र यादव, मो.नसरुल, विमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राई रहेका छन् । विराटनगर महानगरपालिकाको मेयर नेपाली काँग्रेसले पाएको छ भने जसपालाई उपमेयर दिइएको छ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप