शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

काँग्रेस चितवनका सभापति खनालको निर्देशन– गठबन्धन विरोधी गतिविधि नगर्नू

शुक्रबार, ०९ वैशाख २०७९, ११ : ४२
शुक्रबार, ०९ वैशाख २०७९

नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले गठबन्धन विरोधी गतिविधि नगर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।  सभापति खनालले  केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र गराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

सभापति खनालद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ– ‘यो प्रक्रियालाई नकारात्मक प्रभाव पर्नेगरी केन्द्रिय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै साथीहरु सग विनम्रताका साथ आग्रह गर्दछु ।’

आसन्न स्थानीय निर्वाचनमा सबै पार्टीहरू होमिएको अवस्था र नेपाली काङ्ग्रेस गठबन्धनलाई आत्मसात गरि अगाडि बढेको बताउँदै विज्ञप्तिमा भनिएको छ : ‘सोही कुरालाई ध्यानाकर्षण गर्दै नेपाली काङ्ग्रेसको केन्द्रीय परिपत्रअनुसार चितवन काङ्ग्रेस गठबन्धनलाई  पूर्ण पालना गरि अगाडि बढ्ने कुराको  समेत जानकारी गराउन चाहन्छु’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप