युएईमा नेपाली युवती बलात्कृत भएपछि आत्महत्या गरेको भिडियो सार्वजनिक भएपछि छानबिन शुरू

युएई – बलात्कारपछि आफ्नै कोठामा झु्ण्डिएर आत्महत्या गरेकी एक नेपाली चेलीको आत्महत्याको भिडियो सार्वजनिक भएपछि त्यसले ठूलो तरङ्ग ल्याएको छ ।
गोरखा आरुघाट–२, मान्बु कटुन्जेकी अष्टमी गुरूङको सीधा कुरा जनतासँगको कार्यक्रममार्फत गत अघिल्लो शनिवार भिडियो प्रसार भएपछि उक्त घटना सार्वजनिक भएको हो ।
युएईको आबुधावीस्थित अरबियन गल्फ क्लिनिङ कम्पनीमा कार्यरत गुरूङ्लाई कम्पनीकै सुपरभाईजरले बलात्कार गरेपछि उनले आत्महत्या गरेको भिडियो मोबाइलमा रेकर्ड गराएकी थिइन् । आफ्नै स्थानिय गुरूङ भाषामा रेकर्ड गराएको भिडियोमा उनले आफ्ना परिवारसँग माफी माग्दै सुपरभाइजरले आफ्नो इज्जत लुटेको बताएर ‘म गएँ’ भन्दै अन्तिम बचन रेकर्ड गरेकी थिइन् ।
यस बिषयमा राजदूतावास आबुधावीमा सम्पर्क गर्दा गुरुङले झुण्डिएर आत्महत्या गरेको रिपोर्ट उपलब्ध भएको जानकारी दिएको छ । साथै, उक्त भिडियो सार्बजनिक भए लगतै घटनाको छानबिन अगाडी बढाएको राजदुतावास आबुधावीले जनाएको छ । दुतावासको द्वितिय सचिब बिष्णु कुमारी अधिकारीको नेतृत्वमा स्थानिय प्रशासनमा छानबिनको लागि मुद्दासमेत दर्ता गराएको छ ।
मृतक गुरुङले रेकर्ड गराएकी भिडियोमा उनी माथी यौन शोषण (बलात्कार) गर्नै सुपरभाइजरको नाम उल्लेख नगरेकोले प्रकृया बढाउन निकै गाह्रो परेको द्वितिय सचिव अधिकारीले बताइन् ।
यद्यपि मृतक अस्टमी गुरूङसँगै काम गर्नै सुपरभाईजर सिमोन काजी भन्ने बंगलादेशी नागरिकको पहिचान गरी युएईबाट बाहिर जान नसक्ने गरी प्रतिबन्ध गराउन युएईमा भएका सबै अध्यागमनलाई अनुरोध गरिसकेको राजदूतावास आबुधावीले जनाएको छ ।
स्रोतका अनुसार उक्त कम्पनीका सुपरभाइजर बंगलादेशी नागरिक सिमोन काजीलाई कम्पनीले घर जान आवश्यक कागजपत्र पासपोर्ट दिइसकेको तर अध्यागमनमा युएई बाहिरिन नसक्ने गरी प्रतिबन्ध भएकाले युएईमा रहेको जनाएइको छ ।
उता, नेपालमा रहेका मृतक अष्टमिकी दाजु राजु गुरूङले टेलिफोन मार्फत सुपरभाईजर लगायत भिडियोमा नाम लिएको अन्य नेपालीको मिलेमतो पनि हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
२० महिना पहिले रोजगारीको शिलशिलामा युएई छिरेकी अष्टमीको शब उनकै कम्पनीमा काम गर्नै बुटवलका नबिन भण्डारीको जिम्मामा घटना भएको १२ दिन पछि कार्तिक ३० गते नेपाल पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर विवादसम्बन्धी रिट तेस्रो दिन पनि हेर्न नभ्याइने
-
‘आई लभ यू केपी बा’ होइन, संसद् विघटनको हिसाब माग्नुपर्छ : घनश्याम भुसाल
-
स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन अनावश्यक खर्च कटौतीको निर्णय
-
इन्डियन प्रिमियर लिग क्रिकेट : राजस्थान रोयल्समाथि खेल मिलेमतोको आरोप
-
निर्णय नगरी हानी पुर्याउने कर्मचारीलाई सजायसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको पत्र
-
केरा खानुका फाइदा ।