बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

सौगात र दीयाको ‘मन्त्र’ सेन्सर पास

शुक्रबार, ०९ वैशाख २०७९, ०९ : २५
शुक्रबार, ०९ वैशाख २०७९

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने तरखरमा रहेको फिल्म ‘मन्त्र’ सेन्सर पास भएको छ  । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भुमिका रहेको फिल्मल ‘यूनिभर्सल’ सर्टिफिकेट पाएको हो । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई सबै दर्शकले हेर्न मिल्ने गरि प्रदर्शन स्वीकृति मिलेको छ ।

खिल बहादुर गुरुङको निर्देशन रहेको फिल्म हिमाली भेगको प्रेमकथामा बनेको हो । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायांकन गरिएको फिल्ममा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामाको समेत शीर्ष भुमिका छ ।

परिक्षेद सेनको कथा रहेको फिल्म साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन एवं मित्र डि.गुरुङको सम्पादन छ । ‘मन्त्र’ मौलिक नेपाली फिल्म बनेको बताउँदै दर्शकले रुचाउनेमा निर्माण टिमले विश्वास ब्यक्त गर्यो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप