आईपीएल : मुम्बईमाथि चेन्नईको जित
शुक्रबार, ०९ वैशाख २०७९, ०६ : ५६
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्समाथि चेन्नई सुपर किंग्सले तीन विकेटको रोमाञ्चक जित निकालेको छ । बिहीबार राति चेन्नईले दोस्रो जित निकाल्दा मुम्बईले भने सातौँ हार बेहोरेको छ ।
मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले अन्तिम बलमा भेट्टायो । पूर्वकप्तान महेन्द्रसिंह धोनीले १३ बलमा २८ रन बनाए । आम्बाती रायडुले सर्वाधिक ४० तथा रोविन उथप्पाले ३० रनको योगदान गरे । मुम्बईमा ड्यानिल सामले सर्वाधिक ४ विकेट लिए ।
यसअघि मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । उसका तिलक वर्माले सर्वाधिक ५१ रन बनाए । सूर्यकुमार यादवले ३२ रन जोडे । चेन्नेईमा मुकेश चौधरीले सर्वाधिक ३ विकेट लिए ।
सातौँ खेलसम्म जित निकाल्न नसकेको मुम्बई तालिकाको पुछारमा छ । दोस्रो जित निकालेको चेन्नई नवौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किमाथाङ्का भन्सार कार्यालयमा छैनन् कर्मचारी
-
खेल राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्वपूर्ण छ : सभामुख घिमिरे
-
स्थानीय तह उपनिर्वाचन : आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन
-
लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
-
विवाहपञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो
-
सबैभन्दा बढी उमेरसम्म अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यी चार हस्ती