मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

सूर्य नेपाल च्यालेन्ज : भुवन फाइनल चरणमा पुग्दा राम्रो अग्रता

बिहीबार, ०८ वैशाख २०७९, २३ : २४
बिहीबार, ०८ वैशाख २०७९

भुवन नगरकोटी रोयल नेपाल गल्फ क्लबको पार–६८ मा जारी सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको बिहीवार भएको खेलमा राम्रो अग्रता लिँदै  फाइनल चरणमा प्रवेश गरेका छन् ।
नगरकोटी तेस्रो राउण्डमा ६–अन्डर ६६ को उत्कृष्ट पारी खेल्दै कुल ११–अण्डर १९३ को स्कोर बनाएर दुइ–अण्डर ६६ को राउन्ड खेल्दै कुल १०–अण्डर १९४ बनाएका भुवनकुमार रोक्काभन्दा एक स्ट्रोक अगाडि रहे । 

त्यस्तै सञ्जय लामाले कुल इभन पार–६८ को कार्ड खेल्दै कुल ८ अन्डर १९६ को स्कोर बनाए । दिनेश प्रजापति र भेटेरान प्रो दिपक मगरले सात–अन्डर १९७ मा बराबरी गरे । दिनेशले चार–अन्डर ६४ को राउण्ड खेले भने दीपकले एक–अन्डर ६७ को कार्ड खेले ।

एमेच्योर सुवास तामाङले ६–अन्डर १९८ को कुल स्कोरका लागि तीन–अन्डर ६५ को राउण्ड खेले । निरज तामाङ आज दुई–अन्डर ६६ को राउण्ड खेल्दै पाँच–अन्डर १९९ को कुल स्कोरमा छन् । त्यस्तै तिन–अन्डर २०१ मा रहेका जयराम श्रेष्ठले दुइ–अन्डर ६६ राउण्ड खेले । धनबहादुर थापाले आज इभन–पार खेल्दै एक–अन्डर २०३ को कुल स्कोरका बनाएका छन् ।

तीन खेलाडी राजेन्द्र थापामगर, रामे मगर र सूर्यप्रसाद शर्मा ५४ होल पछि इभन–पार २०४ मा रहेका छन् । राजेन्द्रले आज सात–अन्डर ६१ को स्कोर बनाएर प्रतियोगिताकै उत्कृष्ट कार्ड खेले भने रामेले आज इभन–पार ६८ को कार्ड खेले । तर आजको दिन सात–ओभर ७५ खेलेका सूर्यका लागि भने बिर्सन लायक दिन बन्यो ।

यस्तै पहिलो दिनको लिडर रवि खड्का ६–ओभर ७४ को पारी खेल्दै कुल एक–ओभर २०५ मा रहे। रमेश अधिकारी (६७), पशुपति शर्मा (६९) र प्रदीपकुमार लामा (७१) ले कुल तीन–ओभर २०७ को बराबरीमा रहेका छन् ।
नेपाल पीजीएले सूर्य नेपालको प्रायोजनमा आयोजना गरेको चार दिने प्रतियोगितामा ३८ प्रो र २२ एमेच्योर गरी कुल ६० खेलाडीले भाग लिइरहेका छन् । २२ प्रोफेसनल र ६ एमेच्योर खेलाडी अन्तिम दुई राउन्डका लागि छनोट भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप