सप्तरीमा टेन्ट खोल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
सप्तरीमा बिहीबार एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। विवाहको लागि लगाइएको टेण्ट खोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । राजविराज नगरपालिका–१४ पर्साही घर भइ हाल छिन्नमस्ता ६ खुदिबखारीमा अस्थायी रुपमा बसोबास गर्दै आएका इनरदेव मण्डलका १९ वर्षीय छोरा शत्रुधन मण्डललाई करेन्ट लागेपछि उपचारका लागि अस्पताल लग्ने क्रममा बाटो मृत्यु भएको हो ।
छिन्नमस्ता गाउँपालिका ३ सखडा स्थित सुरेन्द्र मण्डलको छोरीको बिहेमा लगाइएको टेन्ट खोल्ने क्रममा करेन्ट लागेको थियो । गाउँकै जिबछ साहको टेन्टमा लेबरको काम गर्दै आएको मण्डल करेन्ट लागेर सिकिस्त भएपछि उनलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको आफन्तले जनाए ।
मृत्यु पश्चात् छिन्नमस्ता अस्पतालबाट पोस्टमार्टमको लागि राजबिराज स्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल लगेको र घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककटेल २ बाट दिपिका बाहिर
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !