शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पुलिस फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने

बिहीबार, ०८ वैशाख २०७९, २२ : ०७
बिहीबार, ०८ वैशाख २०७९

आयोजक वनदेबी युवा क्लबलाई ३-० अन्तरले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार जितसँगै पुलिसले उपाधिका लागी अर्को विभागीय टोली एपीएफ फुटबल क्लबसँग खेल्नेछ । फाइनल शनिबार हुनेछ । पुलिसलाई फाइनलमा पुर्‍याउनका लागि निर्मला विकले दुई तथा रेखा पौडेलले एक गोल गरिन् । 

पहिलो हाफ गोल रहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो । खेलको ४९ औं मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग्रता दिलाइन् । ५६ औं मिनेटमा रेखाले गोल गर्दै अग्रता दोब्बर पारिन् । खेलको ६५ औं मिनेटमा निर्मलाले व्यक्तीगत दोस्रो गोल गर्दै पुलिसलाई तीन गोलको स्पष्ट अग्रता दिलाइन् ।

 त्यसपछि कुनै पनि टीमले गोल गर्न सकेन् र पुलिस सानदार जित सहित फाईनल पुग्न सफल भयो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी पुलिसकी निर्मला विक प्लेयर अफ द म्याच भइन् । उनले नगद ५ हजार सहित ट्रफी पाइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप