सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

स्थानीय चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बिहीबार, ०८ वैशाख २०७९, २१ : ४८
बिहीबार, ०८ वैशाख २०७९

यही वैशाख ३० गते हुन लागेको स्थानीय चुनावका लागि काठमाडौँका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार राष्ट्रियसभा गृहमा कार्यालयको उद्घाटन गरेका हुन् । मुख्य निर्वाचन अधिकृत खतिवडाले आजदेखि स्थानीय निर्वाचन, २०७९ का कार्यक्रम औपचारिकरूपमा सुरु भएको प्रतिक्रिया दिए । यहाँ कार्यालयबाट काठमाडौं महानगरपालिकाको निर्वाचन कार्यक्रम सञ्चालन हुनेछन् । 

निर्वाचन तालिकाअनुसार यही वैशाख ११ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म र १२ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । वैशाख १४ गतेदेखि १५ गते ५ बजेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिनेछ । वैशाख १५ गते अपराह्न ५ बजेदेखि ६ बजेसम्ममा मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । 

वैशाख १६ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ । त्यसैदिन ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । वैशाख १७ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ । वैशाख ३० गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप