प्रदेशसभा सदस्य सुवेदीको राजीनामा स्वीकृत
![प्रदेशसभा सदस्य सुवेदीको राजीनामा स्वीकृत](https://rpcdn.ratopati.com/media/albums/vs_QbnRGgc6NZ_J8vHet85Jb_xzbJEY7abV.jpg)
बागमती प्रदेशसभा सदस्य विजय सुवेदीको राजीनामा स्वीकृत भएको छ । चितवनको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य सुवेदीले आगामी वैशाख ३० गते हुने निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन दिएको राजीनामा बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले स्वीकृत गरेका हुन् ।
उनले बिहीबार दिउँसो सभामुख श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका थिए । बागमती प्रदेशसभा सचिवालयले एक सूचना जारी गरेर उनको राजीनामा स्वीकृत भएको जानकारी दिएको हो । सांसद् पौडेलले नेपालको संविधानको धारा १८० एवम् प्रदेशसभा नियमावली २०७४ को नियम १८४ बमोजिम सभामुख श्रेष्ठसमक्ष राजीनामा पेश गरेका थिए । राजीनामा उपर निर्णय गर्दै सभामुख श्रेष्ठले उनको पद बिहीबारदेखि नै रिक्त हुने गरि स्वीकृत गरेका हुन् ।
सांसद सुवेदीलाई एमालेले आगामी निर्वाचनमा भरतपुर महानगरपालिकाको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गर्दै उनको नाम जिल्ला र प्रदेश कमिटीमा सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा