शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

महिला गोल्डकप : पुलिस फाइनलमा

बिहीबार, ०८ वैशाख २०७९, २१ : ०७
बिहीबार, ०८ वैशाख २०७९

विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।  बिहीवार धनगढी रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई ३–० गोल अन्तरले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो ।

पुलिसलाई फाइनलमा पुगाउन निर्मला विकले दुई गोल र रेखा पौडेलले एक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो ।  खेलको ४९ औं मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग्रता दिलाइन् । ५६ औं मिनेटमा रेखाले गोल गर्दै अग्रता दोब्बर पारिन् । खेलको ६५ औं मिनेटमा निर्मलाले व्यक्तिगत गोल गर्दै पुलिसलाई ३–० गोलको सहज जित दिलाइन् ।

अब पुलिसले उपाधिका लागि एपीएफसँग खेल्नेछ । फाइनल खेल शनिबार साँझ साढे ६ बजे हुनेछ छ । गोल्डकपको विजेताले टोलीले ट्रफीसहित नगद ५ लाख र उपविजेताले ट्रफीसहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप