नेपालमा आईपीएलको सट्टाबाजी, २ जना पक्राउ
बिहीबार, ०८ वैशाख २०७९, २० : ४९
![नेपालमा आईपीएलको सट्टाबाजी, २ जना पक्राउ](https://rpcdn.ratopati.com/media/albums/pakrau_AgKJaBd2Hf.jpg)
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको सट्टावाजीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सट्टाबाजी खेल खेलाउने मोरङको विराटनगर महानगरपालिका वडा नं. ६ बस्ने ४२ वर्षीय सचिन कुमार साह र खेल्ने विराटनगर महानगरपालिका वडा नं. ९ बस्ने ४४ वर्षीय भुपेन्द्रकुमार साह रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले २८ हजार ३२५ रुपैयाँ नगदका साथै सिद्धार्थ बैंक र लक्ष्मी बैंकको चेक र मोबाइल बरामद गरेको छ । दुई जनालाई मोरङ जिल्ला अदालतबाट सट्टाबाजी कसुरमा पाँच दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता