विवाह तस्बिर सार्वजनिक गर्दै केकीले भनिन्, ‘समाचार बाड्न पाउँदा अत्यन्तै हर्षित छु’
बिहीबार, ०८ वैशाख २०७९, २० : २३
अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । उनले बिहिबार रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् ।
रोहितसँगको विवाहको तस्बिर सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै उनले आजबाट जीवनको नयाँ अध्याय सुरु भएको बताएकी छन् । उनले कलाकारको रुपमा आजको दिनसम्म माया, सद्भाव र समर्थन दिएको प्रति सबैमा हार्दिक आभार समेत प्रकट गरेकी छन् ।

‘कलाकारको रुपमा मेरो हरेक उतार चढापको साक्षी बन्नु भएकोमा मेरो प्रिय दर्शकसँग विवाह समाचार बाड्न पाउँदा अत्यन्तै हर्षित छु’ उनले अगाडि लेखेकी छन् ‘जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवनसाथीले उपहार स्वरुप आर्शिवादकाे अपेक्षा गरेका छौं ।’ उनले सबैको माया, साथ र सद्भाव सधै कायम रहने विश्वास समेत राखेकी छन् ।
केकीले काठमाडौंको धापासीमा परिवार र निकट आफन्तको उपस्थितिमा रोहितसँग विवाह गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण