शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मी गठबन्धन : सहमतिको अन्तिम चरणमा

बिहीबार, ०८ वैशाख २०७९, १८ : ५५
बिहीबार, ०८ वैशाख २०७९

गुल्मीको सत्तारुढ गठबन्धन दलहरु सहमतिको अन्तिम चरणमा पुगेका छन् । नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीका अनुसार गठबन्धनका दलहरु सहमतिको अन्तिम चरणमा पुगेको बताए ।

उनका अनुसार धुर्कोट गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रबीचको आ–आफ्नै अडान मिलाउने जिम्मा प्रदेशलाई दिइएको छ । माओवादी केन्द्रले धुर्कोट, मालिका, रुरुक्षेत्र र चन्द्रकोट गाउँपालिका पाउने भएको छ । तर धुर्कोटमा काँग्रेसले आफूले प्रमुख नपाउने भएपछि मदाने गाउँपालिकाको प्रमुख दिनु पर्ने प्रस्ताव गरेको छ  ।

तर माओवादी केन्द्रबाट अघिल्लो निर्वाचनमा काँग्रेससँगको तालमेलमा पालिकाको प्रमुख पदमा विजयी भुपाल पोखरेलले  नछाड्ने अडान लिएपछि विवाद मिलाउने जिम्मा प्रदेश कमिटीलाई दिइएको हो । यस्तै वडाहरूको पनि टुङ्गो लगाई सकिएको नेता जिसीले बताए । नेता जिसीका अनुसार एकीकृत समाजवादीले दुई पालिका उपप्रमुखसहित करिब एक  दर्जन वडा पाउने भएको छ । जनमोर्चा र जसपाले पाउने वडाको पनि टुङ्गो लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप