बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सिन्धुलीका ९ स्थानीय तहमा काँग्रेस र माओवादीबीच भागबण्डा

बिहीबार, ०८ वैशाख २०७९, १८ : ४४
बिहीबार, ०८ वैशाख २०७९

सिन्धुलीका ९ स्थानीय तहमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल भएको छ । काँग्रेसले पाँच स्थानीय तह र माओवादीले चार स्थानीय तह प्रमुख लिएर भागबण्डा गरेको माओवादी केन्द्रीय सदस्य राजन दाहालले बताए।

तर, नेकपा एकीकृत समाजवादीले जिल्ला समन्वय समितिको प्रमुख र जनता समाजवादी पार्टीलाई उपप्रमुख  दिने सहमती भएको दाहालले बताए। दुबै दलले स्थानीयतहमा उम्मेदवारी दिने छैनन्। आवश्यकताका आधारमा वडा समितिमा समेट्न सकिने बताएको छ।
 
यस्तो छ भागबण्डा

कमलामाई नगरपालिका : प्रमुख काँग्रेस, उपप्रमुख– माओवादी  
दूधौली नगरपालिका : प्रमुख माओवादी, उपप्रमुख काँग्रेस
तीनपाटन गापा : अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी 
फिक्कल गापा : अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी 
गोलन्जोर गापा : अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी 
सुनकोशी गापा : अध्यक्ष माओवादी,  उपाध्यक्ष काँग्रेस
घ्याङ्गलेक गापा : अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी 
मरिण गापा : अध्यक्ष माओवादी, उपाध्यक्ष काँग्रेस
हरिहरपुर गढी : अध्यक्ष माओवादी, उपाध्यक्ष काँग्रेस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप