भ्रष्टाचारले जनताका आँखामा आँसु चुहायो : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलका कारण जनताको आँखामा आँसु आउने अवस्था आएको बताएका छन् । उनले देश बनाउनुभन्दा पनि भ्रष्टचार गर्नेहरु धेरै भएका कारणले मुलको विकास हुन नसकेको जिकिर गरे ।
राप्रपाले बुटवलमा गरेको आमसभालाई सम्बोधन गर्दै उनले ठूला भनिएका राजनीतिक दलहरुले नेपाललाई असफल बनाएर नागरिकमा चरम निराशा उत्पन्न गराएको कारणले अर्को शक्तिको रुपमा आफ्नो पार्टी आएको बताए । उनले देश र धर्म बचाउनका लागि स्थानीय तहको निर्वाचनमा होमिएको भन्दै भ्रष्टाचार गर्नेहरु बाट छुटकारा दिनको लागि देशमा आफ्नो पार्टीको आवस्यकता रहेको बताए । उनले आफ्नो पार्टीका लागि उम्मेदवारहरूले पहिला भ्रष्टाचार नगर्ने कसम खाएपछि मात्रै मनोनयन गर्न निर्देशन दिए । उनले हिन्दु, मुस्लिम जो धर्मको उम्मेदवार भएपनि पहिलो मन्दिर, आफ्नो धर्म अनुसारको ठाउँमा भ्रष्टाचार गर्दैन भन्ने कसम खाएपछि मात्र मनोनयन गर्न निर्देशन दिए ।
उनले आफू भ्रष्टाचार नगर्ने र आफ्नो पार्टीमा लाग्नेहरू पनि भ्रष्टाचारबाट टाढा बस्न निर्देशन दिए । अघिल्लो निर्वाचनसम्म ८ खर्ब ऋण रहेको नेपालमा अहिले १७ अर्ब ऋण लागेको भन्दै देशमा युवा ५० भन्दा धेरै अरुको देशमा श्रम गनुपर्ने अवस्था देशका शासन चलाउनेहरूका कारण आएको बताए ।
उनले स्थानीय तहबाटै देश बनाउने सन्देश दिन खोजेको बताए । आमसभामा सहमहामन्त्री ताहिर अली, पूर्वमन्त्री निरनजन थापा, केन्द्रीय सदस्य रेखा थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय लगायतले मुलुकको विकाससँगै राष्ट्रियता र भ्रष्टाचार रोक्नको लागि राप्रपाले एक पटक जित्नु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म