धादिङको त्रिपुरासुन्दरीमा माओवादीले छान्यो अध्यक्ष र उपाध्यक्ष
बिहीबार, ०८ वैशाख २०७९, १७ : ४९
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा माओवादी केन्द्रले उम्मेदवार ढुंगो लगाएको छ । गाउँपालिकामा गठबन्धन हुने–नहुनेबारे टुंगो लागिनसकेको भएपनि माओवादीले आफ्नो तर्फबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको हो ।
जसअनुसार माओवादी केन्द्र त्रिपुरासुन्दरीको बैठकले अध्यक्ष पदका लागि हरि अधिकारी र अर्जुन नगरकोटीको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको छ । यद्यपि काठमाडौं उपत्यका विशेष प्रदेशका ठाकुर धरेलले पनि गठबन्धन भएर माओवादीले पाउँदा आफ्नो पनि अध्यक्षमा दावी रहने बताएका छन् । यस्तै माओवादी केन्द्रले उपाध्यक्षमा देवराज धरेल र नारायण तिमल्सिनालाई सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन