कर्णालीमा यो वर्ष ७ दिन सार्वजनिक बिदा
बिहीबार, ०८ वैशाख २०७९, १७ : ४७
![कर्णालीमा यो वर्ष ७ दिन सार्वजनिक बिदा](https://rpcdn.ratopati.com/media/albums/karnali-province_bLeMJ2QA3y.jpg)
कर्णाली प्रदेश सरकारले यो वर्षमा सात दिन सार्वजनिक बिदा गर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेशभर लागू हुनेगरी सात दिन पर्व र दिवसमा बिदा दिने निर्णय गरेको हो ।
धान दिवसको बिदा असार १५ गते जुम्ला बाहेक अन्य ९ जिल्लामा मात्रै लागू हुनेछ भने जुम्लामा चैत १२ गते बिदा दिइएको छ । साउने संक्रान्ति तथा देउडा पर्व साउन १ गते, नाग पञ्चमी साउन १७ गते, प्रदेश स्थापना तथा सहिद दिवस भदौ ४ गते, कोजाग्रत पूर्णिमा असोज २३ गते, राम नवमी चैत १६ गते र चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला असोज कृष्ण त्रयोदशी जुम्ला जिल्लामा मात्र बिदा दिने निर्णय गरिएको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर बिदा सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालीले एकदिनमा कति खान्छन् राँगा र भैँसीको मासु ?
-
निकुञ्ज सम्बन्धी नीति प्रमाणमा आधारित रहेर बनाउन प्रतिष्ठानको सुझाव
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज