बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सिन्धुलीका सबै स्थानीय तहमा गठबन्धनले लगायो भागबण्डा, नेकपा एस शून्य

बिहीबार, ०८ वैशाख २०७९, १७ : ३२
बिहीबार, ०८ वैशाख २०७९

सत्ता पक्षीय गठबन्धनले सिन्धुलीका सबै १० स्थानीय तहको प्रमुख र उपप्रमुखको भागबन्डा गरेको छ ।  केन्द्रीय गठबन्धनको नीतिअनुसार ३० वैशाखमा हुने निर्वाचनमा जिल्लामा पनि भागबण्डा भएको छ । आज बसेको गठबन्धन दलको बैठकले भागबन्डा लगाएका हुन् ।

जसअनुसार कमलामाई नगरपालिकाको मेयर नेपाली काँग्रेसले पाएको छ भने उपमेयर नेकपा माओवादी केन्द्रले पाएको छ । यस्तै, दुधौलीको मेयर नेकपा माओवादी केन्द्रलाई र उपमेयर नेपाल कांग्रेसको भागमा परेको छ ।

तीन पाटन गाउँपालिकाको अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले पाएको छ ।

फिकल गाउँपालिकाको अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्ष नेकपा माओवादीको भागमा परेको छ । गोलनजोर गाउँपालिकाको अध्यक्ष पनि नेपाली काँग्रेसले र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले पाएको छ ।  यसैगरी, सुनकोसी गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रले पाएको छ भने उपाध्यक्ष कांग्रेसको भागमा छ । घ्याङलेक गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसले पाएको छ भने उपाध्यक्ष माओवादी केन्द्रले पाएको छ । 

बैठकले मरिक गाउँपालिकाको अध्यक्ष नेपाली काँग्रेसको भागमा पारेको छ भने उपाध्यक्ष माओवादी केन्द्रलाई दिएको छ । यस्तै हरिहरपुर गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष नेपाली काँग्रेसले पाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप