एमालेले वैशाख १० गतेमात्रै महानगर र उपमहानगरबाट लड्ने उम्मेदवार छान्ने
नेकपा एमालेले वैशाख १० गते बैठकबाट महानगर र उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार छनोट गर्ने भएको छ । बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकमा सातै प्रदेशबाट महानगर र उपमहानगरका लागि उम्मेदवार सिफारिस गरेका नामहरूबारे सामान्य छलफल गर्दै अर्को बैठकले उम्मेदवार तय गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
‘आजको बैठकमा सातै प्रदेशबाट सिफारिस भएर आएका नाममा छलफल गर्यौ’, बैठकपछि गुरुङले भने, ‘बैशाख १० गते ३ बजे बस्ने बैठकले निर्णय गर्छ । ’ उनले ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारका लागि चितवन, विरगञ्ज र ललितपुरमा एकएक जना सिफारिस भएपनि अन्य तीन महानगरमा मेयरका उम्मेदवार धेरै रहेको बताए । नेता गुरुङका अनुसार चितवनको भरतपुरमा विजय, सुवेदी, वीरगञ्जमा विजय सरावगी र ललितपुरमा हरिकृष्ण व्याञ्जनकार सिफारिस भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण