महानगरको उम्मेदवार फाइनल गर्न काँग्रेसले बोलायो बैठक
बिहीबार, ०८ वैशाख २०७९, १७ : २०

नेपाली काँग्रेसले महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन पार्टीको बैठक बोलाएको छ । काँग्रेसले शुक्रबार दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको हो । पार्टी कार्यालयमा बस्न उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि भनिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
काँग्रेसले गठबन्धनमा तालमेलअनुसार काठमाडौं, ललितपुर र विराटनगरमा मेयर भाग पाएको छ भने चितवन, वीरगन्ज र पोखरामा उपमेयर पाएको छ । ती सबै स्थानमा शुक्रबारको बैठकबाट उम्मेदवारको टुंगो लगाइने काँग्रेसको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरेश रजक हत्याको निष्पक्ष छानबिनको माग गर्दै मौन प्रदर्शन, तस्बिरहरू
-
इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल
-
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट प्रवेजको उम्मेदवारी
-
राजेश हमाल बेलायत जाँदै
-
कोरलामा बढ्यो व्यापारिक चहलपहल
-
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली