महानगरको उम्मेदवार फाइनल गर्न काँग्रेसले बोलायो बैठक
बिहीबार, ०८ वैशाख २०७९, १७ : २०
नेपाली काँग्रेसले महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन पार्टीको बैठक बोलाएको छ । काँग्रेसले शुक्रबार दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको हो । पार्टी कार्यालयमा बस्न उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि भनिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
काँग्रेसले गठबन्धनमा तालमेलअनुसार काठमाडौं, ललितपुर र विराटनगरमा मेयर भाग पाएको छ भने चितवन, वीरगन्ज र पोखरामा उपमेयर पाएको छ । ती सबै स्थानमा शुक्रबारको बैठकबाट उम्मेदवारको टुंगो लगाइने काँग्रेसको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण