सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

ग्यास आपूर्ति सहज बन्दै गएको सरकारको दाबी

बिहीबार, ०८ वैशाख २०७९, १७ : १८
बिहीबार, ०८ वैशाख २०७९

सरकारले ग्यास आपूर्ति सहज बन्दै गएको दाबी गरेको छ  ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनिरहेको बताएको हो । आज विभागमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक लिलाप्रसाद शर्माले ग्यास आपूर्ति सहज बनिरहेको बताए ।

उनले ग्यास अभावको समाचार पढेपछि अनुगमनका निस्किएको र केही व्यापारी तथा डिलरलाई अभाव सृजना नगर्न चेतावनी दिएपछि आपूर्ति सहज बनेको बताए । ‘दुई दिन अघि वाणिज्य विभागको टोली अनुगमनमा गएको थियो,’ उनले भने, ‘त्यसक्रममा हामीले सबै व्यापारीलाई चेतावनी दियौँ । अहिले आपूर्ति सहज बनिरहेको छ ।’

विभागले नेपाल आयल निगमसँग समेत ग्याँस अभावको विषयमा जानकारी लिएको महानिर्देशक शर्माले जानकारी दिए । निगम र ग्यास उद्योगीसँगको छलफलबाट अबको केही दिनमा उपत्यकाको ग्याँस आपूर्ति सहज बन्ने देखिएको उनको भनाइ छ ।

यसैबीच, नेपाल आयल निगमको बोर्ड बैठकले ग्याँसको आपूर्ति सहज बनाउनका लागि थप पहल गर्ने निर्णय गरेको छ । अभाव भएपछि निगमले निजी क्षेत्रसँगको सहकार्यमै अनुगमन गर्ने तथा भारतबाट थप बुलेट मगाउने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप