प्रधानमन्त्रीको गाउँमा १४ जना शेरबहादुर देउवा
बिहीबार, ०८ वैशाख २०७९, १६ : ४८
नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँमा उनकै नाम गरेका १४ जना मतदाता छन् । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले प्रकाशन गरेको मतदाता सूचीमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा शेरबहादुर देउवा नाम गरेका १४ जना मतदाता छन् ।
निर्वाचन आयोगको मतदाता सूचीमा सिरियल नम्बर एक हजार ३६२ देखि एक हजार ३७३ सम्म शेरबहादुर देउवा नाम गरेका मतदाताको नामावली छ । एक हजार ३८० र एक हजार ३८१ मा पनि शेरबहादुर देउवा नामकै मतदाताको विवरण छ ।
प्रधानमन्त्री देउवाको मतदाता नामावली भने सिरियल नम्बर एक हजार ३६९ मा छ । शेरबहादुर देउवा नाम गरेका मतदातामध्ये प्रधानमन्त्री देउवा नै ज्येष्ठ हुन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण