प्रधानमन्त्रीको गाउँमा १४ जना शेरबहादुर देउवा
बिहीबार, ०८ वैशाख २०७९, १६ : ४८

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँमा उनकै नाम गरेका १४ जना मतदाता छन् । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले प्रकाशन गरेको मतदाता सूचीमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा शेरबहादुर देउवा नाम गरेका १४ जना मतदाता छन् ।
निर्वाचन आयोगको मतदाता सूचीमा सिरियल नम्बर एक हजार ३६२ देखि एक हजार ३७३ सम्म शेरबहादुर देउवा नाम गरेका मतदाताको नामावली छ । एक हजार ३८० र एक हजार ३८१ मा पनि शेरबहादुर देउवा नामकै मतदाताको विवरण छ ।
प्रधानमन्त्री देउवाको मतदाता नामावली भने सिरियल नम्बर एक हजार ३६९ मा छ । शेरबहादुर देउवा नाम गरेका मतदातामध्ये प्रधानमन्त्री देउवा नै ज्येष्ठ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा १४ अर्ब भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिको निष्कर्ष
-
भारी वर्षाका कारणले सडक र हवाई यातायातमा असर पर्न सक्ने
-
संकटमा ‘खतरों का खिलाडी’ र ‘बिग बोस १९’, प्रड्यूसरले छाडे साथ
-
सुरेश रजक हत्याको निष्पक्ष छानबिनको माग गर्दै मौन प्रदर्शन, तस्बिरहरू
-
इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल
-
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट प्रवेजको उम्मेदवारी