डब्लूएचओका महानिर्देशक टेड्रोसलाई नेपालले दोस्रो कार्यकालका लागि पनि सघाउने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम घेब्रेयससबीच भेटवार्ता भएको छ । तीन दिने भ्रमणका क्रममा आजै काठमाडौं आइपुगेका डब्लुएचओका महानिर्देशक टेड्रोस र स्वास्थ्य मन्त्रीबीच खतिवडाबीच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा मन्त्री खतिवडाले डब्लुएचओका महानिर्देशक टेड्रोसलाई दोस्रो कार्यकालको लागि पनि नेपालको तर्फ मनोनयनमा समर्थन गर्ने जानकारी दिएका थिए ।
मन्त्री खतिवडाले भने ‘दोस्रो कार्यकालको लागि यहाँको मनोनयनलाई हामी समर्थन गर्दछौं र यहाँलाई शुभकामना दिन्छौं । आफ्नो महत्त्वपूर्ण जिम्मेवारीहरू निर्वाह गर्ने क्रममा यहाँलाई हामीले सक्दो समर्थन र सहयोग गर्नेछौँ ।’
नेपाल डब्लूएचओसँग आवद्ध भएदेखि नै डब्लूएचओसँग उत्कृष्ट कार्यात्मक सम्बन्ध रहिआएको मन्त्री खतिवडाले बताएका छन् । नेपाली जनताको स्वास्थ्य आवश्यकताहरु सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकोमा डब्लूएचओको नेपालस्थित कार्यालय, क्षेत्रीय कार्यालय र सिङ्गो डब्लुएचओलाई मन्त्री खतिवडाले भेटका क्रममा धन्यवाद दिएका छन् ।
नेपालमा डब्लुएचओका महानिर्देशक र दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल एकै पटक सँगै आइपुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण