आयोगले गर्यो ७७ जिल्लाभर मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
बिहीबार, ०८ वैशाख २०७९, १६ : ३४

निर्वाचन आयोगले देशका ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । यस्तै ६ सय ७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको आयोगले जनाएको छ ।
बिहिबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम, गाउँपालिका र नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ सय ७६ पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको जानकारी गराए ।
यस्तै आयोगले आजैदेखि जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । बिहीबार मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ र काठमाडौं जिल्लाका लागि आवश्यक पर्ने सामग्री पठाइँदै छ । अन्य जिल्लामा पनि क्रमश निर्वाचन सामग्री पठाइँदै गरेको प्रवक्ता पौडेलले बताए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्र शाह राजा नै होइनन् : महन्थ ठाकुर
-
‘नरसिंहा: अवतार’ मा पुरानो हिट गीत ‘अच्छा लेकिन’ नयाँ स्वादमा
-
साझेदारी ‘मोडल’मा परिवार योजना शिविरः अझै परिवार नियोजनका साधनमा पहुँच पुर्याउन चुनौती
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रिक्त, सर्च कमिटी नै बन्न सकेन
-
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
-
कर्णालीका शिक्षामन्त्रीले संघीय सरकारलाई भने, ‘शिक्षकका जायज माग सम्बोधन गरेर आन्दोलनबाट फर्काउनुस्’