आयोगले गर्यो ७७ जिल्लाभर मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
बिहीबार, ०८ वैशाख २०७९, १६ : ३४
निर्वाचन आयोगले देशका ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । यस्तै ६ सय ७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको आयोगले जनाएको छ ।
बिहिबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम, गाउँपालिका र नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ सय ७६ पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको जानकारी गराए ।
यस्तै आयोगले आजैदेखि जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । बिहीबार मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ र काठमाडौं जिल्लाका लागि आवश्यक पर्ने सामग्री पठाइँदै छ । अन्य जिल्लामा पनि क्रमश निर्वाचन सामग्री पठाइँदै गरेको प्रवक्ता पौडेलले बताए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण