०७९ साललाई माओवादी ध्रुवीकरण र एकताको वर्ष बनाऔँ : प्रचण्ड
बिहीबार, ०८ वैशाख २०७९, १६ : २८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले २०७९ साललाई माओवादी ध्रुवीकरण र एकताको वर्ष बनाउन लाग्नु पर्ने बताएका छन्। कैलालीको मसुरियामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी ध्रुवीकरण एकतामा जोडिन सबैलाई अपिल गरे।
वैद्य, विप्लव र बाबुराममा भएका नेता कार्यकर्ता माओवादी ध्रुवीकरण र एकतामा जोडिन प्रचण्डले आग्रह गरे। ‘विप्लव वैद्य बाबुरामसँग रहनु भएका कमरेडहरु अबिलम्ब ध्रुवीकरणमा आउँन आग्रह गर्दछु। तपाईहरुलाई भेदभाव गरिने छैन। माओवादी बलियो भएन भने जनता र देशले दुख पाउँछ । महान ध्रुवीकरणमा जोडिन आग्रह गर्दछु’प्रचण्डले भने, ‘यदी उहाँहरु ढिला गर्नु भयो उहाँहरु व्यक्ति रहनु हुने छ संस्था रहने छैन।’ आफू रातदिन माओवादी ध्रुवीकरण र एकीकरणमा लागि परेको प्रचण्डले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण