मेयरमा उठ्न बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले दिए राजीनामा
बिहीबार, ०८ वैशाख २०७९, १६ : १४

नेकपा एमालेबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित विजय सुवेदीले सांसद पदबाट राजीनामा दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न उनले सांसदबाट राजीनामा दिएका हुन् ।
सुवेदीलाई एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा उठाउने तयारी गरेको छ । सुवेदी भरतपुर महानगरबाट सर्वसम्मत सिफारिस भैसकेका छन् । सुवेदीले बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष बिहीबार राजीनामा पत्र बुझाएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षाका कारणले सडक र हवाई यातायातमा असर पर्न सक्ने
-
संकटमा ‘खतरों का खिलाडी’ र ‘बिग बोस १९’, प्रड्यूसरले छाडे साथ
-
सुरेश रजक हत्याको निष्पक्ष छानबिनको माग गर्दै मौन प्रदर्शन, तस्बिरहरू
-
इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल
-
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट प्रवेजको उम्मेदवारी
-
राजेश हमाल बेलायत जाँदै