सेयर बजारको सुधार कायमै, ४.९४ अंकले बढ्यो
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । हिजो बुधबार ३६ अंकले घटेको नेप्से परिसूचक आज ४.९४ अंकले बढेको हो । यससँगै परिसूचक २३ सय २५ अंकमा पुगेको छ । यसक्रममा आज १ अर्ब ६२ करोड रुपैयाँ बराबरको ३९ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से साढे २ बजेदेखि उकालो लाग्न थालेको थियो । बन्द हुने समयसम्ममा आइपुग्दा सामान्य वृद्धि भयो ।
यसक्रममा आज कारोबार भएका १३ मध्ये ८ समूहमा सुधार आएको छ । जीवन बीमा समूहमा ७४ अंक, अन्य समूहमा ३५ र विकास बैंक समूहमा ३५ अंकको सुधार आउँदा होटल र टुरिजम समूहमा ३० अंकको सुधार आएको छ ।
यीबाहेक, जलविद्युत समूह १० अंकले बढेको छ भने उत्पादनमूलक समूह १३ तथा लघुवित्त समूह ६ अंकले बढ्दा लगानी समूह ०.३४ अंकले उकालो लागेको छ । यसैगरी, आज निर्जीवन बीमा समूहमा ८५ अंकको गिरावट आएको छ ।
यस्तै, व्यापार समूहमा १८ तथा वित्त समूहमा १२ अंकले गिरावट आउँदा बैंक समूह ४ अंकले घटेको छ । आज ग्रिन भेन्चर्स लिमिटेड र जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण