हामीलाई बराबरी खेल्ने छुट छैन : ग्वार्डीवाला
बिहीबार, ०८ वैशाख २०७९, १५ : ०८
प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीवालले क्लबलाई हार या बराबरीको लागि छुट नभएको बताएका छन् । सिटी अहिले प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानको लिभरपुलभन्दा एक अंकको अग्रता बनाएको छ ।
प्रिमियर लिगमा अब जम्मा ६ खेल बाँकी छन् । यस्तो अवस्थामा आफूहरुले हार या बराबरी गर्ने छुट नभएको बताएका छन् । ‘हामीलाई बराबरी या हारको नतिजा निकाल्न छुट छैन् । हामीले बराबरी खेल्दा लिभरपुलले २ अंकको अग्रता बनाउने छ । त्यसपछि उपाधि होडबाट नै बाहिर गएसहर हुनेछ,’ ग्वार्डीवालाले भने ।
बुधबार राति भएको खेलमा सिटी ब्राइटनसँग ३–० गोलको जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको थियो । प्रिमियर लिगमा ३२ खेल खेलको सिटी ७७ अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानको लिभरपुलको ७६ अंक छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भीम रावलजस्तो साथी पार्टीबाट अलग भएर जाँदा कसको मन अमिलो हुन्न र ?’
-
सुप्रिम बचतको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो, रवि सहितलाई प्रतिवादी कायम गर्नुपर्ने राय
-
मेडिकल चस्मामा लगाइएको भ्याट हटाउन पहल गर्छु : उपप्रधानमन्त्री सिंह
-
५ वर्षमा हरेक कर्मचारीको पद परिवर्तन गर्न सुझाव
-
आरविवि सेक्युरिटीजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
-
सहजपुर–निगाली सडक स्तरोन्नतिका लागि सम्झौता प्रक्रिया अन्तिम चरणमा