स्थानीय चुनावमा उम्मेदवारी नदिने रञ्जु दर्शनाको घोषणा
युवा नेतृ रञ्जु दर्शनाले आगामी स्थानीय तह निर्वाचनमा कुनैपनि पदका लागि उम्मेदवारी नदिने घोषणा गरेकी छन् । बिहिबार सामाजिक सञ्जालबाट आफूबारेको समीक्षा पत्र सार्वजनिक गर्दै उनले अघिल्लो पटकको निर्वाचनमा गरेको बाचा पूरा गर्न नसकेको र पार्टीलाई फुटबाट जोगाउन नसकेको भन्दै उम्मेदवार नबन्ने बताएकी हुन् ।
उनले भनेकी छन्–‘म आफैँले अघिल्लो पटकको स्थानिय निर्वाचनमा गरेको वाचा, घर घर मतदातालाई बाँडेको घोषणापत्र बमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफुले मेयर पदको आकांक्षा राखि चुनाबमा प्रतिस्पर्धामा उत्रन नमिल्ने समिक्षा गरेको छु ।’ उनले आफ्नै कटु समिक्षा र मूल्याङ्कन गरेको भन्दै आफू सत्यमा विश्वास गर्ने, मूल्यमान्यतामा आधारित राजनीति र जिवन दर्शन अपनाउने बताएकी छन् । उनले स्थानीय तह चुनावमा उम्मेदवार नबनेपनि आफू सक्रिय रुपमा राजनीतिमा लाग्ने रातोपाटीलाई बताइन् ।
‘मैले हालको स्थानीय निर्वाचनमा प्रतिस्पर्धा नगर्ने निर्णय गरिरहँदा धेरैजनाले रन्जु दर्शनाले राजनीति छोडेको भनेर आँकलन गर्नुहुन्छ होला । यो साँचो होइन । स्थानीय तहको राजनीतिमा समुदाय, स्थानीयसँग निकटको सम्बन्ध हुनैपर्छ । मेरो सक्रियता राष्ट्रिय मुद्दा, विषय, पार्टीको राजनीतिमा बढि व्यतित भएको छ यसर्थ यिनै सक्रियता अनुसारको कदममा म अघि बढ्ने छ ।’ उनले भनेकी छन् ।
वितेको ५ बर्षमा उनले विकास अध्ययनमा स्नातक तहको परीक्षा सकी स्नातकोत्तर तहमा अध्ययन गरिहेको, युवा पुस्तासँग अन्तरक्रियामा सहभागी भएको घरेलु उत्पादन अन्तरगत आफ्नो व्यवसायलाई अघि बढाएको, राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चमा नेपाली सु–सस्कृत राजनीतिबारे जनचेतना जगाउन भूमिका खेलेको बताएकी छिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर प्रमुखका लागि भएको चुनावी प्रतिस्पर्धामा उनले तेश्रो स्थान हासिल गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी
-
प्राधिकरणमा छानबिन गर्न सरकारले बनाएको समितिका संयोजकबाट काम गर्न अस्वीकार
-
नबिल एसएसईले मनायो तेस्रो वार्षिकोत्सव
-
इजरायलस्थित नेपाली राजदूतावासले हुण्डीको प्रयोग नगर्नेलाई थप सुविधा दिने
-
सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश, १७ लाख ९७ हजार श्रमिक आबद्ध
-
मिटरब्याजी आरोपमा प्रदीप मौर्य पक्राउ