५ दिन ७ सहरमा गठबन्धनको चुनावी आमसभा, कहिले कहाँ ?
बिहीबार, ०८ वैशाख २०७९, २२ : ०५
सत्ता गठबन्धनले वैशाख १८ देखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी आमसभा गर्ने भएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन संयन्त्रको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।
उक्त सभाहरूलाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजक समेत गरी ६ जना शीर्ष नेताहरुले सम्बोधन गर्ने गठबन्धनले जनाएको छ । निर्णयअनुसार वैशाख १८ गते धनगढीमा आमसभा हुनेछ भने सोही दिन सुर्खेतमा पनि हुनेछ ।
यस्तै वैशाख १९ गते बुटवल र पोखराका साथै २० गते विराटनगर र जनकपुरमा हुनेछ । यसैगरी २२ गते काठमाडौंमा आमसभा हुनेगरी कार्यक्रम बनाइएको संयन्त्रका सदस्यसचिव केशवराज जोशीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण