आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

अक्सिजन उद्योगमा विस्फोट, घाइतेमध्ये पाँच जना डिस्चार्ज (सूची)

बिहीबार, ०८ वैशाख २०७९, १४ : ४१
बिहीबार, ०८ वैशाख २०७९

ललितपुर महानगरपालिकास्थित पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्रा. लि. मा अक्सिजन भर्ने क्रममा अचानक अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जना कामदारको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जना सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उक्त प्लान्टमा काम गर्ने कामदारहरूमध्ये भारतको पश्चिम चम्पारम जिल्ला रतनपुरुवा गाउँ बस्ने ४५ वर्षीय वृज महतोको मृत्यु भएको छ । त्यस्तै भारतकै २५ वर्षीय राज कुमार महतो गम्भीर घाइते रहेका छन् ।

उनको लगनखेल स्थित पाटन अस्पताल उपचार भइरहेको छ । त्यस्तै काठमाडौँको चन्द्रागिरि बस्ने ४९ वर्षीय गङ्गाराज शर्माको ग्वार्को  स्थित बी एण्डी बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये रमेश अधिकारी, दुर्गा पुरी, सुदीप तिमिल्सेना, अञ्जना पौडेल, गङ्गाराज शर्मा, ईश्वर बजगाई उपचार पश्चात्  डिस्चार्ज भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप