निर्माण व्यवसायीले घेरे सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समिति
निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समिति घेराउ गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीहरूले कार्यालय र समिति घेराउ गरेका हुन् ।
महासंघ अध्यक्ष रवि सिंहले आज र भोली शुक्रबारसम्म दुई सरकारी कार्यालय घेर्ने कार्यक्रम तय भएको जानकारी दिए । उनले निर्माण क्षेत्रमा देखिएको समस्या समाधानका लागि पटक–पटक आग्रह गरेपनि सुनुवाई नभएपछि शान्तिपूर्ण धर्ना कार्यक्रम सुरू गरेको जानकारी दिए ।
निर्माण सामाग्रीको अत्याधिक मूल्यवृद्धि हुँदा पनि सरकारले वेवास्ता नगरेपछि धर्ना कार्यक्रम अघि सारेको अध्यक्ष सिंहको भनाइ छ । यसैगरी, सार्वजनिक खरिद (एघारौं संशोधन) नियमावली–२०७८ मा आएका त्रुटिपूर्ण प्रावधान सच्याउन दबाब दिँदै कार्यालय घेराउ गरिएको महासंघको भनाइ छ ।
यसैगरी, बीमा सम्बन्धी निर्देशिका–२०७८ लगायतका व्यवस्था सच्याउन माग गर्दै बीमा समिति घेर्न लागेको व्यवसायीहरूले बताएका छन् । यी दुई वटै निकायले निर्माण व्यवसायीको माग सम्बोधन नगरे चरणबद्धरूपमा आन्दोलन अघि बढाउने र प्रधानमन्त्री कार्यालय नै घेर्ने योजना बनेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीपीडित किसानको गुनासो-स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन
-
दाउन्नेमा राति खुलेको राजमार्गमा फेरि पहिरो, नयाँ ट्र्याक खन्न थालियो
-
नवरात्रि : आश्विन शुक्ल तृतीयाको पूजाविधि
-
चुरे विनाशका कारण बाढीले क्षति पुर्याएको विज्ञको ठहर
-
बागमतीमा मन्त्रालय स्थापनाको ३ वर्षपछि ऐन संशोधनको तयारी
-
आजको राशिफल : कुन राशिका लागि शुभ ?