काठमाडौंको मेयरमा प्रकाशमान सिंह पत्नीसहित ५ जना सिफारिस
काठमाडौं महानगरपालिकाको मेयरमा काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी श्रृजनासहित ५ जना सिफारिस भएका छन् । काठमाडौं महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका लागि ५ जना र उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको हो ।
नगर समितिले प्रदेश कमिटीलाई सिफारिस गरेको नामावलीअनुसार १ नम्बरमा नीलकाजी शाक्यको नाम छ । यस्तै २ नम्बरमा प्रकाशमान पत्नी श्रृजना र त्यसपछि हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस भएको छ ।
यस्तै उपमेयरमा सुशील ढकाल र अमिता प्रधान शाक्यको नाम सिफारिस भएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार काठमाडौं महानगरपालिकाको मेयर काँग्रेसको भागमा परेको छ । अब काँग्रेसले ५ जनामध्येबाट टुंगो लगाउने नाम मै गठबन्धनबाट मेयरको साझा उम्मेदवार हुनेछन् । काठमाडौंमा उपमेयरमा भने नेकपा एकीकृत समाजवादीले पाउने गठबन्धनमा सहमति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण