काठमाडौंको मेयरमा प्रकाशमान सिंह पत्नीसहित ५ जना सिफारिस

काठमाडौं महानगरपालिकाको मेयरमा काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी श्रृजनासहित ५ जना सिफारिस भएका छन् । काठमाडौं महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका लागि ५ जना र उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको हो ।
नगर समितिले प्रदेश कमिटीलाई सिफारिस गरेको नामावलीअनुसार १ नम्बरमा नीलकाजी शाक्यको नाम छ । यस्तै २ नम्बरमा प्रकाशमान पत्नी श्रृजना र त्यसपछि हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस भएको छ ।
यस्तै उपमेयरमा सुशील ढकाल र अमिता प्रधान शाक्यको नाम सिफारिस भएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार काठमाडौं महानगरपालिकाको मेयर काँग्रेसको भागमा परेको छ । अब काँग्रेसले ५ जनामध्येबाट टुंगो लगाउने नाम मै गठबन्धनबाट मेयरको साझा उम्मेदवार हुनेछन् । काठमाडौंमा उपमेयरमा भने नेकपा एकीकृत समाजवादीले पाउने गठबन्धनमा सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा १४ अर्ब भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिको निष्कर्ष
-
छोरीको हुनेवाला श्रीमानसँग भागेकी महिला थानामा
-
काठमाडौँमा थाल ठटाउँदै अर्धनग्न प्रदर्शन (तस्बिरहरू)
-
भारी वर्षाका कारणले सडक र हवाई यातायातमा असर पर्न सक्ने
-
संकटमा ‘खतरों का खिलाडी’ र ‘बिग बोस १९’, प्रड्यूसरले छाडे साथ
-
सुरेश रजक हत्याको निष्पक्ष छानबिनको माग गर्दै मौन प्रदर्शन, तस्बिरहरू