बुढीगण्डकीबारे राजदूत यान्छी : सरकार पिच्छे नीति फेरिँदा चिनियाँ लगानीकर्तालाई समस्या
नेपालमा सरकार पिच्छे नीति फेरिँदा चिनियाँ लगानीकर्तालाई समस्या परेको चीनले बताएको छ । चिनियाँ कम्पनीले नेपालमा ठूला आयोजनाका काम गर्दा समयमै भुक्तानी नपाउने अर्को समस्या रहेको चीनले जनाएको छ । बिहिबार चिनियाँ दुतावासले गरेको पत्रकार सम्मेलनमा नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा सो कुरा बताएकी हुन् । उनले नेपालका आयोजनाहरुबारे जुनसुकै सरकार फेरिए पनि एउटै नीति भएमा काम गर्न सहज हुने कुरामा जोड दिइन् ।
भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै राजदूत यान्छीले सरकार फेरिएसँगै नीति पनि फेरिने गरेका कारण चिनियाँ लगानीकर्तालाई काम गर्न सहज नभएको बताइन् । बुढीगण्डकी आयोजनाबारे सञ्चारकर्मीको प्रश्नमा उनले ठूला आयोजना निर्माणका लागि लगानीकर्ताले लामो समयसम्म तयारी गर्ने गरेको र परिवर्तन भएको सरकारले नीति पनि परिवर्तन गरेपछि उनीहरुलाई गाह्रो हुने उनले बताइन् । यस्ता समस्या समाधानका लागि नेपाली पक्ष गम्भीर हुनेमा आशावादी रहेको उनको भनाई थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण