रेलमार्गबारे नेपाल–चीनबीच आर्थिक पक्षमा छलफल हुन आवश्यक : चिनियाँ राजदूत
नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेपाल चीन रेलमार्गबारे दुवै देशका बिचमा आर्थिक पक्षबारे गम्भीर छलफल हुनुपर्ने बताएकी छिन् । बिहीबार चिनियाँ दूतावासले गरेको पत्रकार सम्मेलनमा बोल्दै राजदूत यान्छीले रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनपछि रेलमार्ग निर्माण कहिले सुरु हुने र कहिले सम्पन्न हुन्छ भन्नेबारे थाहा हुने बताइन् ।
उनले तिब्बतको केरुङबाट कहिले काठमाडौँ रेलमार्ग बनाउन हिमालय क्षेत्र भएका कारण कठिनाइ हुने भएकोले तत्काल भन्न नसक्ने बताइन् । उनले केरुङ काठमाडौँ रेलमार्ग निर्माणको काम अघि बढ्नेमा आफू विश्वस्त रहेको बताइन् । हालै चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका बेला पनि नेपाल चीन रेलमार्गलाई अगाडि बढाउनेबारे छलफल भएको थियो । यो आयोजना अघि बढाउनका लागि हालसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अघि बढेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैकल्पिक वित्तको कानुन बनाउँदै अर्थ मन्त्रालय, स्रोतको समस्या टार्ने लक्ष्य
-
आशिकी ३ बाट बाहिरिइन् तृप्ति डिमरी, कार्तिक आर्यनसँग कसको बन्ला जोडी ?
-
इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयको तयारी
-
च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तानको टोलीसँग जोडिए पाकिस्तानका पूर्वकप्तान
-
‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी भिड्ने
-
महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग