काँग्रेस इतर पक्षले भन्यो–हेटौँडामा निर्वाचनको नतिजा प्रतिकूल आए जिम्मा लिँदैनौँ
सत्तारुढ गठबन्धनको केन्द्रीय संयन्त्रले हेटौंडा उपमहानगरपालिकाको प्रमुख पद नेकपा एकीकृत समाजवादी र उपप्रमुख पद काँग्रेसलाई दिने निर्णय गरेपछि नेपाली काँग्रेस मकवानपुरको जिल्ला कार्यसमितिको संस्थापन इतर पक्षले असन्तुष्टि व्यक्त गरेको छ ।
नेपाली काँग्रेस मकवानपुरको संस्थापन इतर पक्षले हेटौंडामा बिहीबार पत्रकार सम्मेलन गर्दै हेटौंडाको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय तत्काल फिर्ता गर्न माग गरेको छ । इतर पक्षले गठबन्धनको केन्द्रीय संयन्त्रले सो निर्णयको पुनरावलोकन नगरेको खण्डमा निर्वाचनको नतिजा प्रतिकूल आएको खण्डमा आफूहरु जिम्मेवार नहुने बताएको छ ।
इतर पक्षले जिल्लाको वस्तुस्थिति र तथ्याङ्कलाई नजर अन्दाज गर्दै एकीकृत समाजवादीलाई मेयर पद दिने निर्णय गरेको बताएको छ ।
केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे ‘केन्द्रीय सहमति’ अमान्य हुने नेपाली काँग्रेस मकवानपुरका उपसभापति आनन्द कठायतले बताए ।
‘केन्द्रले गरेको निर्णय पुनरावलोकन नगरी यथास्थितिमा निर्वाचनमा जाँदा गठबन्धनको आवश्यकता, औचित्य र मर्मविपरीत परिणाम आएमा त्यसप्रति हामी र आम कांग्रेस कार्यकर्ता जिम्मेवार र जवाफदेही नहुने स्पष्ट पार्दछौं’, उपसभापति कठायतले भने, ‘गठबन्धन दलहरुबीच भागबण्डाको विषयमा छलफल चलिरहँदा पार्टीको केन्द्रीय कार्यसमितिले हेटौंडाको वस्तुगत अवस्थाबारे जानकारी नलिइ कार्यकर्ताको मर्म र भावनालाई पूर्णरुपमा वेवास्ता गर्दै गरेको सहमतिप्रति हाम्रो पूर्ण असमर्थन छ ।’
उनले हेटौंडाको मेयरमा एकीकृत समाजवादी स्वयमले आफ्नाका उम्मेदवारले गठबन्धन कायम रहँदासम्म जित्न नसक्ने दावी गरिरहेको बेलामा एमालेलाई जित्न सहज बनाउने काम गरेको उनले बताए ।
‘एकीकृत समाजवादी नयाँ दल हो । जनाधार कस्तो छ थाहा छैन । एकीकृत समाजवादी आफैले हेटौंडाको मेयरमा गठबन्धन भएपनि हार्छु भनिरहेको अवस्था छ । तर, केन्द्रीय संयन्त्रले मतको हिसाव नगरी बाँडफाँड गर्दा प्रतिकूल नतिजा आउन सक्छ,’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण