बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

अक्सिजन प्लान्ट विस्फोटमा मृत्यु हुने भारतीय नागरिक, दुई महिलासहित ६ जना घाइते

बिहीबार, ०८ वैशाख २०७९, १२ : ४२
बिहीबार, ०८ वैशाख २०७९

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा मृत्यु भएका एकजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारतका ४५ वर्षीय बृजमोहन महतो रहेको ललितपुर प्रहरीले बताएको छ ।  अक्सिजन ग्याँस भर्ने क्रममा ट्यांक बिस्फोट हुँदा भारत बिहारका ४५ वर्षीय महतोको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी भारतकै अर्का एकजना मजदुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये धेरै भारतीय नागरिक रहेको बुझिएको छ । घटनामा दुई महिलासमेत घाइते भएका छन् ।  घाइतेमध्ये गम्भीर घाइते भएका एकजनाको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको छ । 

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उद्धारको काम गरिरहेका छन् । दुर्घटनास्थलमा उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू, उद्योग सचिव अर्जुनप्रसाद पोखरेल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय लगायतका टोली पुगेका छन् । घटनाको कारणबारे अहिले अनुसन्धान भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी उपाध्यायले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप